• Sunday 4th of October 2026

भारतसँग हारेसँगै नेपाल १६ वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे समूह चरणबाटै बाहिरियाे


  • धनकुटा खबर
  • .

काठमाण्डौ – नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएकाे छ ।

आज बुधवार भुटानकाे थिम्पुमा भएकाे खेलमा भारतसँग १–० गाेलले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएकाे हाे । भारतका लागि माेहम्मद अरबासले खेलकाे ३३ औँ मिनेटमा गाेल गरे ।

समूह ‘ए’ मा रहेको नेपाल अस्ति साेमवार भएकाे पहिलाे खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपाल बाहिरिएसँगै भारत समूह ‘ए’ को विजेता र बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

यस्तै समूह ‘बी’ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेकाे छ । आजै हुने माल्दिभ्स र भुटानबीचकाे खेलबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेलीकाे टुङ्गाे लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖