• Monday 5th of October 2026

सिंहदरबार जलाउँछु भन्दै हिड्नेलाई कारबाही गर्नुपर्छ: माओवादी सांसद पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं,२१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद तथा पार्टी सचिव देवेन्द्र पौडेलले विधिको शासन मान्दिन भन्ने छुट कोही कसैलाई पनि नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई लक्षित गर्दै अराजक अभिव्यक्ति दिनेलाई कारवाही गर्नुपर्ने बताए।

उनले भने,‘निर्वाचित राज्यको एउटा तहको सरकार प्रमुखले विना कारण राज्यको जिम्मेवारी सम्हालेका व्यक्तिलाई चोर भन्ने शब्द प्रयोग गर्दै सिंहदरबार जलाउने उद्घोष गर्छ। हो कि होइन भन्ने कुरा उहाँहरुको आफ्नै भाषाबाट हामी बुझौं।’

गत शनिबार काठमाडौं महानगरपालिकाको गाडी चेकजाँचका लागि रोकिएपछि आक्रोशित बनेका मेयर बालेन शाहले सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जनाईदिने धम्की दिएका थिए । यद्धपि अहिले उक्त पोष्ट सामाजिक सञ्जालबाट हटिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖