• Monday 5th of October 2026

अझै भेटिएनन् १२ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति


  • धनकुटा खबर
  • .

काठमाडौ । १२ दिनदेखि हराइरहेका डोल्पाका नेपाली सेनाका गुल्मपति विमल पण्डित अझै सम्पर्कमा आएका छैनन्।

दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित भदौ १० गतेदेखि सम्पर्कविहीन छन्।

‘हामीले उहाँ जान सक्ने सम्भावित ठाउँ खोजिसक्यौं। भीर–पहरा, नदी किनार सबैतिर खोज्यौं। बाहिर जिल्लामा पनि सर्कुलर भएर खोजी भइरहेको छ,’ डोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले भने, ‘पत्ता लाग्नै सकेन।’

गुल्मपति पण्डित भदौ १० गते अपराह्न ४ः५५ बजे साथीसँगै घुम्न निस्किएका थिए। साथीलाई बाटैबाट फर्काएर सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।

उनको मोबाइलको अन्तिम लोकेसन ब्यारेकबाट एक घन्टाको दुरीमा रहेको त्रिपुराकोट देखाएको छ।

पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, डाँछी निवासी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖