• Monday 5th of October 2026

१२ केजी चरेस बोकेर थाइल्याण्ड उड्न लागेका तीन जना विमानस्थलबाट पक्राउ


  • धनकुटा खबर
  • .

करिब १२ केजी चरेससहित थाइल्यान्ड जान लागेका तीन जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

उनीहरुमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन हुन् ।

उनीहरुलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖