• Monday 5th of October 2026

जापानमा नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

टोकियो । जापानको नागोयामा नेपाली युवाको निधन भएको छ । ललितपुरको चापागाँउ स्थायी घर भई विगत १० वर्षदेखि जापानमा रहँदै आएका ३३ वर्षीय अनिल देशारको बिहीबार नागोयामा उपचारका क्रममा अस्पतालमै निधन भएको हो ।

जापानी कम्पनीमा कार्यरत अनिल पछिल्लो केही वर्ष यता स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत थिए । ‘उनी पछिल्लो २ महिनाबाट अस्पतालमै भर्ना गरी उपचार गराइरहेका थिए, तर उपचार सम्भव भएन । बिहीबार दुखद निधन भयो,’ एनआरएनए अभियन्ता दीपक कार्कीले भने ।

श्रीमतीको साथ जापानमा रहेका देशारको लामो समयसम्म उपचारमा खर्च भएकाले आर्थिक अवस्था नाजुक रहेको बताइएको छ । केही वर्षअघि मात्रै विवाह गरेका अनिलको बालबच्चा भने नरहेको बताइएको छ । अस्पताल तथा परिवारसँग समन्वय गर्दै आएका दीपक कार्कीका अनुसार जापानमै रहेकी उनकी श्रीमती तथा नेपालमा रहेका परिवारका अन्य सदस्यहरूसँग छलफल गरी शवको जापानमै दाहसंस्कार गरिने तय भएको छ ।

शनिबार जापानको नागोयामा नै दाहसंस्कारको तय भएको र त्यसका लागि आवश्यक आर्थिक संकलनका लागि अहिले एनआरएनए जापान लगायतका संघ संस्थामा आबद्ध भएका व्यक्तिहरूले मृतक अनिलकी श्रीमती नीतु गुरुङको जेपी बैंकको खातामा 12050-24549731 グルン ニサ आर्थिक सहयोगको लागि अपिल गरेकी छन् ।

अस्पतालका अनुसार मृतक अनिलको मुटु तथा कलेजो दुवै खराब भइसकेको थियो । लामो समयदेखि उपचार गराउँदा पनि उनको निको हुने सम्भावना नरहेको यसअघि नै बताइएको थियो। अस्पतालसँग समन्वय गरेका दीपक कार्कीका अनुसार उनलाई जन्डिस समेत भएको र समयमा नै अस्पताल गई उपचार नगरिँदा यस्तो भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖