• Sunday 4th of October 2026

अञ्जन विष्ट पेनाल्टीमा चुके


  • धनकुटा खबर
  • .

काठमाण्डाै – नेपाल र म्यानमारबीचकाे पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज शुक्रवार म्यानमारकाे थुवुन्ना रङ्गशालामा भएकाे खेल गाेलरहित बराबरीमा सकिएकाे हाे । नेपालले खेलकाे ५८ औँ मिनेटमा पेनाल्टी पाएकाे थियाे तर अञ्जन विष्टले गाेल गर्न सकेनन् । खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल गर्न भने सकेनन् ।

नेपाल र म्यानमारबीचकाे अर्काे मैत्रीपूर्ण फुटबल सेप्टेम्बर ११ तारिखमा यही रङ्गशालामा हुनेछ । यसअघि नेपाल र म्यानमारबीच २ पटक भेट भएकाेमा दुवै खेल म्यानमारले जितेकाे थियाे ।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ औँ स्थान माथि छ । नेपाल १ सय ७५ औँ स्थानमा छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖