• Monday 5th of October 2026

अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ — अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाइ ठूलो मात्रामा रकम असुलेको आरोपमा नेपाली मूलका अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमलाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको मानव बेचविखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार रुकुम सिस्ने गाउँपालिका-४ मा जन्मेर अमेरिकाको टेक्सस बस्दै आएका गौतमले अमेरिकी नागरिकता लिएको पनि पुष्टि भएको छ । गौतमको समूहले २ करोडभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।

अमेरिका पठाइदिने भनी नेपाली नागरिकहरुलाई यूएई (दुबई), थाइल्यान्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङलगायत देशहरुमा पुऱ्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने, एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न व्यक्तिहरुमध्येका गौतम नाइके भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही मुद्दामा पक्राउ परेका प्रतिवादी कमल तामाङलगायतमाथि अनुसन्धानका क्रममा प्रमुख योजनाकार प्रतिवादी गौतमलाई बेलहीयाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖