• Sunday 4th of October 2026

सितोरियो कराते संघको अध्यक्षमा दावा गुरुङ पुन: निर्वाचित


  • धनकुटा खबर
  • .

बारा । नेपाल सितोरियो कराते संघको अध्यक्षमा पुन: धावा गुरुङ्ग (दावा) निर्वाचति भएका छन् ।

शुक्रबार बाराको निजगढमा भएको दोश्रो साधारण सभा तथा महाधिवेशनमा उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भएका छन्।

यस्तै देवकुमार लामा, प्रकाश मोहन धौवडेल ,प्रेमलाल बोम्जन,बिजयमान थापा,मिलन राज प्रसाई,हरि बहादुर घर्ती,राजेन्द्र बराल,हेमन्त कुमार मल्ल,मनिराम थापा,उमा महतो,बिजय बस्नेत,धर्म प्रसाद न्यौपाने,बिजय गुरुङ,मधु लामा,राधिका देउला,जानकी सेढाई महर्जन,कृष्ण गौतम,प्रेम बहादुर राना र ज्ञान बहादुर जिम्वा सदस्यमा निर्वाचित भएका छन् ।

सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपी बहादुर भण्डारी, लोक बहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एक बिशेष समारोह बिच सार्वजनिक गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖