• Monday 5th of October 2026

कैलाली बहुमुखी क्याम्पसमा आगलागी


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ । शुक्रबार राति ८ बजे क्याम्पसको ‘बी ब्लक’मा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ‘बी ब्लक’को सिढीमुनि रहेको बिजुलीको तार सट भइ आगलागी भएको हो ।

आगलागीबाट मेन स्वीच र मिटर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । आगलागीबाट अन्य क्षति भने हुनबाट जोगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖