• Sunday 4th of October 2026

युरो कप छनोट : पोर्चुगलको लगातार पाँचौ जित


  • धनकुटा खबर
  • .

काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत पोर्चुगलले पाँचौ खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

पाँचौ खेलमा अपराजित यात्रा कायम राख्नेक्रममा बिहीबार राती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको छ ।

समूह जे अन्तर्गत शुक्रबार राती भएको खेलमा स्लोभाकिया १–० गोल अन्तरले पराजित भएको हो ।

स्लोभाकियाको घरेलु मैदानमा पोर्चुगलका लागि निर्णायक गोल ब्रुनो फर्नान्डीजले ४३ औं मिनेटमा गरे ।

पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ समूह ‘जे’ को शीर्षस्थानमा रहेको छ ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।

जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖