• Monday 5th of October 2026

यी हुन् ज्यान गुमाउने सात जना


  • धनकुटा खबर
  • .

रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोकिँदा बाँकेमा सातजनाको मृत्यु भएको छ । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक गोविन्द भनिने जुगबहादुर चन्द शाही, कस्तुरी थापा, काशीराम थारू, रूपा परियार, जयन्त थारू र चानुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जनाए । उनका अनुसार अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । बर्दिया बर्दिया ठाकुरद्वारा–९ वेतनी सामुदायिक वन उपभोक्ता समितिबाट उक्त गाडी दाङको थारु संग्रहालयमा भ्रमणमा गएको थियो ।

‘पूर्वबाट पश्चिम जाँदै गरेको ना८ख ६४०५ नम्बरको ट्रक बिग्रिएर सडकमा रोकिएको रहेछ,’ डिएसपी तिवारीले भने, ‘भ्रमणबाट फर्किँदै गरेको गाडी सोही ट्रकमा ठोकिँदा दुर्घटना भयो ।’ दुर्घटनामा परेको गाडीको तिव्र गति भएको बताइएको छ ।

दुर्घटनामा परि घाइते भएका चारजनाको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुईजना उपचारपछि डिस्चार्ज भएका छन् । नौजनाको अवस्था सामान्य भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।-गणेश विसु/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖