• Monday 5th of October 2026

कोशीमा निर्वाचन भए अहिलेको भन्दा दोब्बर सिट जित्ने माधव नेपालको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशीमा सबै दल मिलेर सरकार बनाउने वा निर्वाचनमा जानेमध्ये एक गर्नुको विकल्प नभएको बताएका छन् । आज (शनिबार) पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो सुझाएका हुन् । उनले कोशीमा निर्वाचन भए आफ्नो दलले अहिलेको भन्दा दोब्बर सिट संख्या जित्ने पनि दाबी गरे ।

उनले भने,‘कोशीमा यसबीचमा कतिवटा सरकार बनिसक्यो ? पहिले एक मुख्यमन्त्री थिए । उनले राजीनामा दिए । फेरि अर्को मुख्मन्त्री भए । अब कहिलेसम्म यस्तो चल्ने हो थाहा छैन । किन यस्तो भइरहेको छ ? किनकी निर्वाचन प्रणाली हो । बराबर मत हुने भएपछि यस्तो अवस्था आइरहेको छ । यस्तो जटिल अवस्थामा दुई वटा समाधान छन् कि मिलेर जानु कि निर्वाचनमा जाने ।’

तर, अहिलेपनि देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरिएको उल्लेख गर्दै कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै आफूहरुलाई मिलेर जान भनिएको स्मरण गराए । आफ्नो पार्टीसँग व्यक्तित्व र इतिहासको धरोहर भएको दाबी उनको भनाई छ । अहिले एकीकृत समाजवादीप्रति भरोसा बढेको नेपालको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖