• Monday 5th of October 2026

यसकारण रोनाल्डोले पोर्चुगलको अर्को खेल गुमाउने !


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले युरोकप छनौट अन्तर्गतको अर्को खेल गुमाउने भएका छन् ।

गएराती सम्पन्न खेलमा पोर्चुगलको स्लोभाकियाविरुद्धको खेलमा रोनाल्डोले पहेलो कार्ड पाएसँगै लगातार दोस्रो खेलमा पहेलो कार्ड पाएका कारण सेप्टेम्बर १२ मा हुने लक्जेम्बर्गविरुद्धको खेल गुमाउने भएका हुन् ।

यस खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको ६२औं मिनेटमा पहेलो कार्ड पाएका थिए । उनले गोलकिपरलाई फाउल गरेपछि पहेलो कार्ड पाएका थिए ।

उनले यसअघि आइसल्याण्डविरुद्धको खेलमा पनि पहेलो कार्ड पाएका थिए । सो खेलमा खेलको ८३औँ मिनेटमा रोनाल्डोले पहेलो कार्ड पाएका थिए । पोर्चुगलले सो खेल गत जुन २१ मा खेलेको थियो ।

पोर्चुगलले युरोकप छनौटमा आफ्नो विजयी यात्रालाई भने कायम राखेको छ । अहिलेसम्म पोर्चुगलको समुह जे मा ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖