• Monday 5th of October 2026

कांग्रेस सांसदद्वारा ताप्लेजुङका डिएसपी लिम्बुसहित उनको परिवारलाई मार्ने धम्की


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बु र उनको परिवारलाई मार्ने धम्की दिएका छन् ।

हिजो (शुक्रबार) कांग्रेस निकट भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध सभामा उनले डिएसपी लिम्बूसहित उनको परिवारलाई नै सखाप पारिदिने धम्की दिएका हुन् ।

उनले कांग्रेसको नेतृत्वका सरकार भएको बेलामा बाबुआमादेखि छोराछोरीसम्म खोजेर मार्ने अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖