• Monday 5th of October 2026

एमाले भ्रमण दल चिनियाँ कम्युनिष्ट पार्टी संग्रहालयमा


  • धनकुटा खबर
  • .

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो उच्चस्तरीय प्रतिनिधि मण्डलसहित जनवादी गणतन्त्र ची राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताहरुले गरेको कष्टसाध्य संघर्ष र असाधारण वलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न यो संग्रहालयले सहयोग गर्छ ।

अवलोकनपछि महासचिव कमरेडले यो संग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको बताए ।

चिनियाँ कम्युनिष्ट पार्टी अनि चिनियाँ जनताका अग्रजहरुले छिचोलेर आएको बाटो र देखाएको उज्यालोलाई संग्रहित गरेको यो संग्रहालयले इतिहासको सम्झना र अग्रजहरुप्रति सम्मान जगाउने उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖