• Monday 5th of October 2026

सरकारी गाडीको दुरुपयोग रोक्न युवा संघ धनुषाले थाल्याे अभियान, जनकपुरमा आज ११ गाडी नियन्त्रण


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ ।
युवा संघले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न शनिबारदेखि अभियान थालेकाे हाे ।

संघले आज शनिबार बिदाको दिन जनकपुरधामबाट सरकारी नम्बर प्लेटका ११ वटा गाडी नियन्त्रणमा लिइएकाे जनाएको छ । जसमा चारपांग्रे २ र ९ वटा मोटरसाइकल छन् ।

युवा संघले नियन्त्रणमा लिइएका ११ वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएकाे छ ।

सार्वजनिक बिदाकाे दिन सरकारी गाडीकाे दुरुपयाेग बढेपछि अभियान थालिएकाे युवा संघले जनाएकाे छ । बिदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । अनुमतिबिना सरकारी गाडी चलाउनेक्रम बढेपछि त्यसलाई राेक्न पहल थालिएकाे युवा संघले जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖