• Monday 5th of October 2026

मेसीबिनाको मायमीको जित


  • धनकुटा खबर
  • .

अमेरिकाको मेजर लिग सकरमा इन्टर मायमीले जित हात पारेको छ। मायमीले आइतबार सम्पन्न खेलमा स्पोर्टिङ केसीलाई ३-२ गोलले हरायो।
मायमीको जितमा लियोयान्द्रो कम्पानाले २५ मिनेटमा पेनाल्टी र ४५ मिनेटमा गरी दुई गोल गरे।

यस्तै फेरिआसले ६० मिनेटमा तेस्रो गोल गरे।
स्पोर्टिङका लागि सालोइले नवौं मिनेटमा पहिलो गोल गर्दा एलनले ७८ मिनेटमा दोस्रो गोल गरे।
विश्वकप छनोटका लागि अर्जेन्टिना फर्किएसँगै मायमीले मेसीबिना खेलेको थियो।

लिगमा मायमी इन्टर्नतर्फको अंक तालिकमा १५ क्लबमध्ये १४औं स्थानमा रहदा २८ अंक जोडेको छ। फाइनल सिरिज खेल्नका लागि कम्तीमा आठौं स्थानमा रहनु पर्छ।

मायमी आठौं स्थानको डिसी युनाइटेडभन्दा ६ अंकले पछि छ। उसले दुई खेल खेल्न बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖