• Monday 5th of October 2026

माओवादीले यसरी टुसालमा बाँड्यो खाद्यान्न


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी रुपान्तरण अभियानअन्तर्गत काठमाडौंको बौद्धस्थित टुसालमा असक्त, असहाय र दृष्टिविहीनलाई राहत वितरण गरेको छ ।

हरितालिका तीजका अवसरमा माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियनअन्तर्गतको यातायात मजदुर संघको पहलमा आइतबार बिहान राहत वितरण गरिएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अपांगता भएका र दृष्टिविहीन भएका ३५ परिवारलाई चामल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरे ।

कार्यक्रममा पुनले आफूहरुले दया र निहागको रुपमा नभई सद्भाव र उपहारका रुपमा खाद्य सामग्री वितरण गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖