काठमाण्डाै – एसिया कप क्रिकेट अन्तर्गत ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण राेकिएकाे छ ।
श्रीलङ्काकाे काेलम्बाेमा भइरहेकाे खेल वर्षाका कारण राेकिएकाे हाे । वर्षा शुरु हुनुभन्दा अघिसम्म भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे छ ।
भारतका कप्तान राेहित शर्मा ५६, शुमभन गिल ५८ रन बनाएर आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् ।
अन्तिम अपडेट: भदौ २४, २०८०
