• Monday 5th of October 2026

हर्क साम्पाङले आफूलाई प्रश्न सोध्दा थुनाएका युवकलाई वडाध्यक्षले छुटाए


  • धनकुटा खबर
  • .

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई प्रश्न गरेको भन्दै थुनाएका युवा अशोक लिम्बुलाई वडाध्यक्षले छुटाएका छन्।

धरान उपमहानगर १५ का बासिन्दा लिम्बुलाई वडाध्यक्ष नरेश इवारामको पहलमा छुटाइएको हो।

उनले भने, ‘मैले जिम्मेवारी लिएर शनिबार साँझ ५ बजे उहाँलाई छुटाइयो। आवश्यक परेका बेला पुनः उपस्थित गराउने सर्तमा उहाँलाई रिहा गराइएको हो।’

मेयर साम्पाङसँग सवालजवाफ गरेको बाहेक अशोकविरुद्ध कुनै लिखित उजुरी नपरेको उनले बताए।

मेयर साम्पाङको व्यवहारप्रति वडाध्यक्ष इवारामले असन्तुष्टि व्यक्त गरे। शुक्रबार मेयर साम्पाङलाई प्रश्न गरेका लिम्बुलाई नगरप्रहरी लगाएर समातेर प्रहरीको जिम्मा लगाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖