• Monday 5th of October 2026

भाटभटेनीका मिनबहादुर गुरुङसहित ३ जनाले धरौटी बुझाउन नसक्दा थुनामै


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललिता निवास प्रकरण सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको आदेश अनुसार ३ जनाले धरौटी रकम बुझाउन नसक्दा थुनामै फर्किएका छन्।

सबैभन्दा धेरै धरौटी रकम तोकिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, कलाधर देउजा र अरुणकुमार श्रेष्ठले धरौटी बुझाउन नसकेपछि थुनामा गएका हुन्। उनीहरुले जुनसुकै दिनमा धरौटी बुझाएको खण्डमा थुनामुक्त हुनेछन्।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका १७ जनामध्ये आइतबार बेलुकीसम्म १४ जनाले तोकिएको धरौटी बुझाएर घर फर्केका छन्। बाँकी तीनजना भने थुनामै गएको बताएका छन्। धरौटी बुझाउन नसके थुनामा जानुपर्ने कानुनी व्यवस्था छ।

गुरुङको हकमा २ करोड ४६ लाख रुपैयाँ नगदै वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्न आदेश गरेको छ।

तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजालाई १५ लाख रुपैयाँ धरौटी तोकिएको छ। उनले पनि आइतबार धरौटी रकम बुझाउन नसकेपछि थुनामै गएका छन्।

त्यसैगरी नापी कार्यालय काठमाडौंका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठबाट ७ लाख ५० हजार रुपैयाँ माग गरिएको छ। उनले पनि धरौटी बुझाएका छैनन्।

तीनजना धरौटी बुझाउन नसकेपछि थुनामा गएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।-भाषा शर्मा /नागरिकन्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖