• Monday 5th of October 2026

जापानसंग खेल हारेपछि जर्मन प्रशिक्षक फ्लिक बर्खास्त


  • धनकुटा खबर
  • .

एजेन्सी । जर्मनीका फुटबल प्रशिक्षक हान्सी फ्लिक बर्खात भएका छन् । शनिबार राति भएको खेलमा जापानसँग ४–१ ले पराजित भएपछि जर्मन फुटबल एशोसिएसनले ५८ वर्षीय प्रशिक्षक फ्लिकलाई बर्खास्त गरेको हो ।

जर्मनीले अर्को वर्ष युरोपियन च्याम्पियनसिप आयोजना गर्दैछ ।

तर उसले पछिल्लो ५ मध्ये चार खेल हारेको छ । अगष्ट २०२१ मा जोचिम लोको स्थानमा आएका फ्लिकको नेतृत्वमा जर्मनीले खेलेको २५ मध्ये १२ खेल मात्र जितेको छ ।

गत वर्ष विश्वकपमा समूह चरणबाटै बाहिरियो । पछिल्लो १२ महिनामा जर्मनीले ओमान, कोष्टारिका र पेरुलाई मात्र हराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖