• Monday 5th of October 2026

आमा-बुबा वर्षौँदेखि बेपत्ता, कुशको विधिबाट अन्त्येष्टि गर्दै परिवार


  • धनकुटा खबर
  • .

झापा । बाबुआमा दुवै जना बेपत्ता भएको वर्षौँ भइसकेर कुनै अत्तोपत्तो नलागेपछि बिर्तामोड- ४ को सेडाई परिवारले कुशको विधिबाट अन्त्येष्टि गर्ने भएको छ ।

बिर्तामोड-१० सैनिक बजार (पथ्थरभिट्टा) मा अस्थायी बसोबासकै समयमा शशिधर सेडाई २०२८ फागुनमा ७२ वर्षको उमेरमा हरिद्वार भारत जान्छु भनी हिँडेकोमा हालसम्म सम्पर्क आएका छैनन् ।

त्यस्तै उनकी श्रीमती छलीमाया सेडाई २०६० सालदेखि मानसिक समस्या भई घोपामा उपचारको क्रममा २०६८ साल फागुन १८ गते ८८ वर्षको उमेरमा घरबाट हिँडी सम्पर्कविहीन भएकी छन् ।

धेरै खोजतलास गर्दा पनि दुवैलाई फेला पार्न नसकेको सेडाई परिवारले जनाएको छ । हाल आएर उनीहरूको उमेर १०० वर्ष पुगेकाले र अब फर्किने आशा नरहेकाले भदौ २८ गते कुशे औँसीका दिन दुवै जनाको कुशको विधिबाट दाहसंस्कार गरी काजक्रिया गरिने छोरा बिर्तामोड ४ निवासी घनश्याम सेडाईले बताए ।-टाइम्सअफप्रदेश

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖