• Monday 5th of October 2026

विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको राष्ट्रिय टिम घोषणा


  • धनकुटा खबर
  • .

२०१९ को क्रिकेट विश्वकपको उपविजेता न्युजिल्यान्डले यस वर्षको विश्वकपको लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ।
चोटबाट फर्किएपछि ३० वर्षीया कप्तान केन विलियमसन टिममा छन्। उनी आइपिएल २०२३ का दौरान घाइते भएका थिए।

विलियम्सन र तीब्र गतिका बलर टिम साउथी दुवै चौथो विश्वकपमा सहभागी हुँदैछन्।

मार्क च्यापम्यानले टिममा स्थान पक्का गर्दा २३ वर्षीय स्पिन-बलिङ अलराउन्डर रचिन रविन्द्र पनि टिममा छन्। रविन्द्रले जसले शुक्रबार इंग्ल्याण्डविरुद्ध ३ विकेट लिएका थिए।

‍न्युजिल्यान्डले अक्टोबर ५ मा विश्वकपको उद्घाटन खेलमा २०१९ फाइनलमा भिडेको इंङल्याण्डसँग खेल्नेछ।

न्युजिल्यान्ड टिम: केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिच सान्टनर, इश सोधी, टिम साउथी, विल योङ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖