• Monday 5th of October 2026

सुनचाँदीको भाउ बढ्यो


  • धनकुटा खबर
  • .

काठमाण्डौं, भदौ २५ । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्ड प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। आइतबार फाइन गोल्ड प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖