• Monday 5th of October 2026

सर्वोच्च अदालतमा सिफरिस गरिने सातैजना न्यायाधीशको नाम ‘टुंगियो’


  • धनकुटा खबर
  • .

काठमाडौं। सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश पदमा नियुत्तिका लागि सिफरिस गरिने भएको छ। न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिने सातैजनाको नाम टुंगो लागिसकेको स्रोतले बताएको छ। स्रोतका अनुसार शुक्रबार न्यायपरिषदको बैठक बसेर नाम सिफारिस गर्ने तयारी छ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ। अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जना न्यायाधीश मात्र छन्। ७ जना न्यायाधीशको दरबन्दी रिक्त छ। यीमध्ये एक दरबन्दीमा उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मालाई सिफरिस गरिसकिएको छ।

न्यायपरिषदले शुक्रबार बैठक बसेर बाँकी ६ जना न्यायाधीश नियुक्तिका लागि सिफरिस गर्ने तयारी गरेको छ। यसका लागि नामको समेत टुंगो लागिसकेको छ। न्यायपरिषदले ६ जनामध्ये ४ जना क्याडरबाट र २ जना कानुन व्यवसायीबाट सिफरिस गर्ने तयारी गरेको स्राेतले जनाएकाे छ।

सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको लागि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु, उच्च अदालत जनकपुरकी कामु मुख्य न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको नाम छनोट गरिएको छ। यी सबै क्याडरबाट नियुक्त हुने हुन्।

यस्तै कानुन व्यवसायीबाट डिएन पराजुली र डा. विजय मिश्रको नाम सिफारिस गर्ने तयारी गरिएको स्राेतकाे दाबी छ। डिएन पराजुली यसअघि अघिल्लो वर्षको भदौमा पनि सिफरिसमा परेका थिए।

तर, तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सकिएको र त्यसपछि निर्वाचित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समिति गठन नभएका कारण संसदीय सुनुवाइ हुन नसकेपछि उनी नियुक्त हुन सकेका थिएनन्।

यसपटक उनै पराजुलीलाई फेरि सिफरिस गर्न लागिएकाे हाे। यस्तै सिफरिस भइसकेका विनोद शर्मा पनि पराजुलीसँगै अघिल्लो पर्षको सिफरिसमा परेका तर संसदीय सुनुवाइ हुन नसकेपछि नियुक्त हुन नसकेका हुन्।

उनको नाम यसअघि नै सिफरिस गरिसकिएको छ र संसदीइ सुनुवाइ हुन बाँकी छ। कानुन व्यवसायीबाट सिफारिसमा परेका पराजुली कानुनका प्राध्यापक हुन्। यस्तै मिश्र नेपाल बार एसोसिएसनका पूर्व महासचिव हुन्।

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी सुरु भएपछि अहिलेका महान्यायाधीवक्ता दीनमणि पोखरेलले आफू नियुक्त हुने धेरै प्रयास गरेका थिए।

स्रोतका अनुसार उनले यसका लागि न्यायपरिषदका सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठलाई मनाएका पनि थिए तर प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कानुनमन्त्री धनराज गुरुङले साथ नदिएपछि उनको प्रयास सफल हुन नसकेकाे स्राेतकाे दाबी छ।

यस्तै उच्च अदालत पाटनका कयममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश टेकप्रसाद ढुंगाना पनि सर्वोच्च जान लालायित थिए।

उनीहरुले यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई उनका विश्वासपात्र बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा सफइ दिने अफरसमेत गरेका थिए। खाणको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। तर, उनीहरुको प्रयास पनि सफल हुन नसकेको स्रोत बताउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖