• Monday 5th of October 2026

सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी


  • धनकुटा खबर
  • .

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो। बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो।
निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन्।
पीडितहरूले सहकारी ऐन शीर्षकमा जाहेरी दिएका हुन्।

राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖