एसिया कप अन्तरगत वर्षा बाधक बनेपछि प्रभावित बनेको भारत र पाकिस्ताबीचको खेल पुनः सुरु भएको छ ।
सोमबार पाकिस्तानले ११ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो ।
भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ । आइतवार भारतले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो ।
तर २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल स्थगित भएको थियो । अहिले पाकिस्तानले ११.६ ओभरमै ३ विकेटको क्षतिमा जम्मा ४७ रन बनएर खेलिरहेको छ।
