• Monday 5th of October 2026

नेम्वाङको निधनमा स्तब्ध त्रिवि शिक्षण अस्पताल परिसर


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । हृदयघातपछि उनलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

एमाले नेता प्रदीप ज्ञवाली त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लैजान लागिएको बताए । उनले मंगलबार बिहान ७ बजेपछि पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने उनेका भनाइ छ ।

नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।-कृष्ण खड्का/ratopati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖