• Monday 5th of October 2026

सामान्य रुघाखोकी लागेर घरमा आरामरत थिए नेम्वाङ, अचानक हृदयघात भयो


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई केही दिनदेखि सामान्य रुघाखाकी लागेको खुलेको छ । नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति एक्कासि हृदयघाट भएको जानकारी दिए ।

उनलाई उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनले बताए ।

उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत नेताहरु अस्पताल पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖