• Monday 5th of October 2026

नेकपा एमालेका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो ।

एमाले नेता प्रदीप ज्ञवालीले भने, “पार्टी र पार्टी जनसंगठन सम्बद्ध कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।”

पार्टी उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङको निधन भएपछि एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगन गरेको हो ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖