काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि सचिवालय बैठक सुरु भएको हो । पार्टीका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । उपाध्यक्ष नेम्वाङको साेमबार राति हृदयाघातबाट निधन भएको थियाे ।
