• Monday 5th of October 2026

शादी डटकमका संस्थापक तथा सीइओ अनुपम मित्तल क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्न तयार


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतका चर्चित वेबसाइटहरु विवाहका लागि वर वधु खोज्ने प्लेटफर्म शादी डटकम, घर खरिदबिक्री गर्ने प्लेटफर्म मकान डटकम लगायत संचालन गर्ने कम्पनी पिपुल ग्रुपका संस्थापक तथा सीइओ अनुपम मित्तल नेपाली क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्न तयार भएका छन् ।

केही दिनअघि नेपालले पाकिस्तान र भारतसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेलिसकेपछि नेपाली क्रिकेटर ललित राजवंशीले आफूसँग अन्तर्राष्ट्रिय म्याच खेल्नको लागि उपयुक्त ब्याट समेत नभएको गुनासो गरेका थिए ।

राजवंशीले भनेका थिए –‘मसँग म्याच खेल्नलाई ब्याट छैन । नेटमा अभ्यास गर्नलाई जसोतसो काम चल्छ तर म्याचको बेला टिममेटको ब्याटले खेल्नु पर्छ । धेरै जसो कुशल भुर्तेलको ब्याट प्रयोग गर्ने गरेको छु ।’

उनको यो समस्यालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एसिया क्षेत्रको ट्वीटर ह्याण्डलबाट एक पोस्ट गर्दै उनको लागि सहयोग अपिल गरिएको थियो ।

आइसीसीको अपिलको जवाफमा अनुपम मित्तलले आफू राजवंशीलाई सहयोग गर्न तयार रहेको र आफूलाई ललितसँग सम्पर्क गराइदिन आग्रह गरेका छन् ।

यसको जवाफमा आइसीसीले पनि ललित राजवंशीलाई उनको सहयोग गर्ने चाहनाबारे जानकारी गराइएको र ललित आफैंले उनलाई सम्पर्क गर्ने भन्दै जवाफ दिएको छ ।

अब ललितले उनीसँग सम्पर्क गरेपछि उनले के कस्तो सहयोग गर्ने हुन् त्यो भने आउँदो दिनमा थाहा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖