• Monday 5th of October 2026

नेम्वाङको मृत्युबारे शिक्षण अस्पताल– यहाँ ल्याउँदा उहाँका आँखाका नानी फुलिसकेका थिए


  • धनकुटा खबर
  • .

त्रिवि शिक्षण अस्पतालले एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युबारे आधिकारिक धारणा बाहिर ल्याएको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्तकुमार दासले आज एक विज्ञप्ति जारी गर्दै अस्पताल ल्याइपुर्याउँदा नेम्वाङमा जीवनसम्बन्धी कुनै चाल नदिएको बताएका छन् ।

त्यसबखत उनको आँखाका नानीहरू फुलिसकेका र स्थिर रहेको अस्पतालले जनाएको छ ।

‘नेम्वाङलाई सोमवार राति १ः१५ बजे उपचारका लागि ल्याइएको थियो । जाँच गर्दा उहाँमा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । आँखाको नानीहरू फुलिसकेका र स्थिर रहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘३५ मिनेटसम्म पनि सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरिएको थियो।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा निधन भएको एमालेका नेताहरूले लोकान्तरले आज बिहान बताएका थिए । यसैबीच, अस्पतालले आधिकारिक धारणा बाहिर ल्याएको हो ।उनी संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसभामुखसमेत हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖