• Monday 5th of October 2026

एसियन गेम्समा क्रिकेटको तालिका फेरबदल, नेपाल समूह ए मा


  • धनकुटा खबर
  • .

काठमाडौं । १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेल तालिकामा फेरबदल भएको छ ।

परिवर्तित तालिका अनुसार नेपाली टिमले समूह एमा रहँदै मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल समूह बीमा थियो । समूह एमा रहेको अफगानिस्तानले एसियन गेम्स नखेल्ने भएपछि तालिकामा फेरबदल भएको हो ।

यसअघि नेपाल जापान, कम्बोडिया र हङकङ रहेको समूह बीमा थियो ।

एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन् ।

नेपालले एसियन गेम्सका लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली सार्वजनिक गरिसकेको छ ।

एसियन गेम्स खेल्ने नेपाली टोली:

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖