• Monday 5th of October 2026

निधन अघि नेम्वाङ वाथरुममा लड्नुभएको समाचार सत्य होइन


  • धनकुटा खबर
  • .

काठमाडौं । सुप्रसिद्ध नेता सुवासचन्द्र नेम्वाङ निधन हुनु अघि वाथरुममा लड्नुभएको थिएन । केही सञ्चार माध्यमले उहाँ वाथरुममा लड्नुभएको समाचार दिएका थिए ।

नेता नेम्वाङका एक पारिवारिक सदस्यले सनराइज खबरलाई बताए अनुसार बाथरुम गएर फर्कंदा उहाँ लर्बराउनुभएको थियो, लड्नुभएको थिएन ।

वाथरुमबाट फर्कंदा असहज भएको देखेपछि उहाँकी धर्मपत्नीले समातेर ओछ्यानमा सुताउनुभएको थियो । त्यसबेला घरमा सवारी चालक नभएको ती पारिवारिक सदस्यले जानकारी गराए ।

सवारी चालकलाई बोलाएपछि नेता नेम्वाङलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

अस्पतालमा डाक्टरहरुले नेम्वाङको देहान्त भएको घोषणा गरेका थिए ।
नेता नेम्वाङको दाहासंस्कार बिहिबार काठमाडौंमा गरिँदैछ ।

नेता नेम्वाङलाई सामाजिक सञ्जालमा सर्वसाधारणले जनताको मनका राष्ट्रपति तथा राष्ट्रपिता जस्ता उपाधी दिइरहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖