• Monday 5th of October 2026

सुवास नेम्वाङको उत्तराधिकारीको रुपमा कान्छो छोरा सुहाङलाई अघि बढाउने एमालेको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि हुँदैछ । नेम्वाङको (बिहीबार) ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि हुँदैछ ।

दिवंगत नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतमा थिए । उनी आज बिहान काठमाडौं आइपुगेका हुन् । उनी बेलायतमै बस्ने गरेको बुझिएको छ । कान्छा छोरा सुहाङ भने हिजो (मंगलबार) राति नै आएका हुन् । उनी भने अष्ट्रेलिया कामविशेषले गएका थिए । सरकारले नेम्वाङको अन्त्येष्टिको दिन शोक विदा दिने घोषणा गरिसकेको छ ।

स्वर्गीय नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ । उता, एमालेले भने नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए । उनी प्रतिनिधिसभाका सदस्यसमेत थिए । उनको निधनसँगै इलाम क्षेत्र नम्बर २ रिक्त हुने भएको छ । नेम्वाङको परिवार अहिले शोकमा छ । यस्तो बेलामा नेम्वाङको उत्तराधिकारीको कुरा गर्नु आँफैमा शोभनीय होईन । तर, एमालेले शोकलाई शक्तिमा बदल्नको लागि पनि नेम्वाङको उत्तराधिकारीको रुपमा भने उनको परिवारकै सदस्यलाई अघि बढाउने तयारी गरेको छ । कान्छो छोरा बुवाकै पथमा अग्रसर थिए । उनी पनि कानून व्यवसायमा सक्रिय छन् ।

एमालेले कान्छो छोरा सुहाङलाई नै सुवास नेम्वाङको उत्तराधिकारीको रुपमा अघि बढाउने बुझिएको छ । नेम्वाङको निधनसँगै रिक्त हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमार्फत नै सुहाङले सक्रिय राजनीतिमा पाइला टेक्नसक्ने अनुमान सुरु भएको छ ।

एमालेले यसअघि पनि आफ्ना नेताको निधन भएपछि भएका निर्वाचनमार्फत स्वर्गीय नेताका परिवारका सदस्यलाई नै अवसर दिएको इतिहास छ। विद्यादेवी भण्डारीदेखि विद्या भट्टराईसम्मको इतिहास हेर्ने हो भने सुवासको उत्तराधिकारीको रुपमा सुहाङले नै राजनीतिमा डेब्यु गर्ने अनुमान गर्न सकिन्छ ।

गत वर्ष मंसिरमा भएको निर्वाचनमा सुवास नेम्वाङले कांग्रेसका डम्बर बहादुर खड्कालाई पराजित गरेका थिए । नेम्वाङ र खड्काबीच जम्मा १ हजार १४ मतको अन्तर थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖