• Monday 5th of October 2026

आज सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं, सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सरकारले संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिँदैछ ।

गत मंगलबार हृदयघातबाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएको हो । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाहसंस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्वजनिक बिदा दिईएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖