• Tuesday 6th of October 2026

मेस्सीको खेल हेर्ने चाहाना अधुरो-नेम्बाङ


  • धनकुटा खबर
  • .

सन्तोष गिरी,चुलाचुली / “आजकाल मलाई असाध्यै मन पर्ने खेलाडी मेस्सी पिएसजि गएकोले बार्सिलोनाको खेल हेर्न छाड्या छु । यश पटकको बिश्वकप मेस्सी तथा अर्जेन्टिनाले जित्छ भन्ने कुरामा म बिश्वस्त छु ।”

यो माथिको भनाई हो नेकपा एमाले उपाध्यक्ष,पुर्व सभामुख तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्बाङको । नभन्दै बिश्वकप २०२३ को उपाधी अर्जेन्टिनाको हात परेको थियो । यो अभिव्यक्ति नेम्बाङले बिश्वकपको समयमा कुनै एक सभामा दिएका थिए ।

यसका साथै नेम्बाङले बिश्वकप फुटबल सके कतार गएर त नसके टेलिभिजनमा हेर्न सबैलाई अनुरोध समेत गरेका थिए र आफू बिश्वकप हेर्न कतार जाने इच्छा ब्यक्त गरेका थिए । बिश्वकप सकियो, अर्जेन्टिनाले जित हासिल गर्यो तर नेम्बाङको कतार गएर बिश्वकप हेर्ने चाहाना अधुरै रहयो ।

बिश्वकप पश्चात् कुनै एक सभामा नेम्वाङ भन्दै थिए, “बिश्वकप सकियो, खेल हेर्न असाध्यै मन थियो तर पूरा भएन । अब एक पटक मेस्सी अनुबन्धित पिएसजि क्लबको खेल हेर्न फ्रान्स जाने इच्छा छ ।”

त्यसको केही समय पश्चात् मेस्सीले पिएसजि छाडेर अमेरिका स्थित इन्टर मियामी क्लबमा अनुबन्धित भए । अहिले उनी सोही क्लबबाट आफ्नो जादु देखाई रहेका छन ।

तर उनको खेल हेर्ने दृढ इच्छा शक्ति राखेका नेम्बाङ यतिबेला हामी सामु छैनन । नेम्बाङको सोमबार राती हृदयघातको कारण निधन भएको छ र मेस्सी यतिबेला आफ्नो क्षमता प्रदर्शन गर्न ब्यस्त छन ।

नेम्वाङ मेस्सिको कतिसम्म फ्यान थिए भने सन द्दण्ज्ञद्ध को बिश्वकपमा मेस्सीको खेल हेर्न संविधानसभाको बैठक नै स्थगित गरेर गोकर्ण रिसोर्टसम्म पुगेका थिए।

नेम्बाङ इलाम जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधि सभा मार्फत निर्वाचित सांसद थिए । यतिबेला नेम्बाङका परिवार,समर्थकहरु शोक मग्न रहेका छन ।-चुलाचुली मिडिया

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖