काठमाडौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई उनका दुई छोराले दागबत्ती दिएका छन् ।
बिहीवार दिउसो ठीक १ बजेको समयमा छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिएका हुन् । उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको छ ।
पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको सोमवार राति निधन भएको हो ।
