• Monday 5th of October 2026

नेपाली सेना र अमेरिकन आर्मीको संयुक्त सैन्य अभ्यास, ३ सातासम्म चल्ने


  • धनकुटा खबर
  • .

नेपाली सेना र यूस आर्मी (अमेरिकी सेना)बीच संयुक्त सैन्य अभ्यास शुरू भएको छ । संयुक्त सैन्य अभ्यासको ४०औं संस्करण बुधवारबाट शुरू भएको हो । अभ्यास तीन सातासम्म चल्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यसक्रममा विपद् जोखिम व्यवस्थापन, उद्धार कार्य, मानवीय सहायता आदि विषयमा अभ्यास हुने अमेरिकी दूतावासले ट्विटमार्फत जानकारी दिएको छ । नेपाली र अमेरिकी सेनाले बर्सेनि संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖