• Monday 5th of October 2026

शिक्षकले राजनीति गरे जागिर जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ भदौ । लामो समयको प्रतिक्षापछि संघीय शिक्षा विधेयक संसद्मा दर्ता भएको छ । संसद्मा दर्ता भएको उक्त शिक्षा विधेयकले शिक्षकलाई राजनीति गर्नबाट रोक लगाएको छ ।

शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने शिक्षा विधेयकमा उल्लेख छ ।

राजनीतिक दल वा दलसँग आवद्ध संगठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा सेवाबाट हटाउन वा बर्खास्त गर्न सकिने व्यवस्था शिक्षा विधेयकमा रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖