• Monday 5th of October 2026

अनैतिक हर्कत गरेपछि मन्त्री पद गुमाएका पराजुली नेकपा एसको सचिवमा मनोनीत


  • धनकुटा खबर
  • .

काठमाडौं,२८ भदौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा हरिप्रसाद पराजुली मनोनीत भएका छन् ।

पार्टीको भदौ ५ देखि ७ गतेसम्म बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो । उनले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत पाएका छन् ।

नेकपा एसको सचिवमा मनोनीत हुने पराजुली पूर्व कृषिमन्त्री हुन् । पराजुली वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

उनी वामदेवलाई छाडेर समाजवादीमा प्रवेश गरेलगत्तै स्थायी कमिटी सदस्य भएका थिए। अब उनी समाजवादीको पदाधिकारी बन्न सफल भएका छन्। उनले लुम्बिनी प्रदेश इन्चार्जको भूमिका पनि पाएका छन्।

उनी २०७२ सालको असार १५ गते काठमाडौंको मुलपानीमा आयोजित धान दिवसको कार्यक्रममा महिलामाथि अनैतिक हर्कत गरेपछि चर्चा र आलोचित भएका थिए । कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका मन्त्री पराजुलीले आलोचना बढ्दै गएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई राजिनामा दिएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖