• Monday 5th of October 2026

नेकपा एसमा रामकुमारी झाँक्रीले पाइन् जिम्मेवारी, युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्ज


  • धनकुटा खबर
  • .

नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्ट रहँदै आएकी रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा पाएकी छन्। यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै उनी असन्तुष्ट थिइन्।

पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ।
यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया र अफ्रिका इञ्चार्ज तोकिएको छ।

केन्द्रीय कमिटी सदस्य अशोक थापालाई भारत प्रवास इञ्चार्जको जिम्मेवारी दिइएको छ।

केन्द्रीय परिषद् सदस्य भीमबहादुर भण्डारी भारत प्रवास कमिटीको सहइञ्चार्ज बनेको अन्तरपार्टी निर्देशन—११ मार्फत् जानकारी गराइएको छ।

भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौं बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५ औं र ६६ औं बैठकले गरेका विभिन्न निर्णयहरू सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्यविभाजनबारे जानकारी गराएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖