• Monday 5th of October 2026

झापाका विनित बास्तोला ४० वर्षमाथिको क्रिकेट खेल्न पाकिस्तान जाँदै


  • धनकुटा खबर
  • .

बिर्तामोड, पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’ मा नेपाली टिममा झापा अर्जुनधाराका विनित बास्तोला छनोट भएका छन् ।

झापामा युवा क्रिकेटर उत्पादनका लागि एकेडेमीसमेत सञ्चालन गर्दै आएका बास्तोलाले आफ्नो करिअरमा क्षेत्रीय र राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

किरण शमशेर जबराको कप्तानीमा रहेको नेपाली टिममा बास्तोला छनोटमा परेका हुन् । उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्डको ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।

पाकिस्तानमा १८ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुने प्रतियोगितामा किरणको कप्तानीमा १५ सदस्यीय नेपाली टिम जाने भएको हो ।

प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, वेस्ट इन्डिज, पाकिस्तान, अमेरिका, हङकङ, युनाइटेड अरब इमिरेट्स (युएइ) र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा सबै देशबाट ४० वर्षमाथिका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । एकदिवसीय संरचनामा हुने प्रतियोगितामा साहिद अफ्रिदी, मिसवाह उल हकजस्ता चर्चित क्रिकेटरहरूले प्रतिस्पर्धा गर्ने छन् ।

सिङ्गल राउन्ड रोविन लिग पद्धतिमा हुने प्रतियोगिताबाट शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगिताका लागि नेपाली टिमसँगै अम्पायरमा रविन्द्र गुप्ता पनि पाकिस्तान जाने छन् ।

नेपाली टिम

किरण शमशेर जबरा (कप्तान), उदयबहादुर थापा (उपकप्तान), विकास सिंह, सन्तोष भण्डारी, सजल देवकोटा, समिर क्षेत्री, रामनरेश यादव, रविन जोशी, बाबुजान अन्सारी, मुर्तुजा हवारी, सञ्जय श्रेष्ठ, विनित बास्तोला, सचिन मल्ल, सुमन उदय, खेमबहादुर थापा, कर्णविर थापा क्षेत्री (म्यानेजर) ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖