• Monday 5th of October 2026

भारतमाथि बंगलादेशको ६ रनको रोमाञ्चक जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । बंगलादेशले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुदै २५९ रन बनाएपछि खेल ६ रनले हारेको थियो ।
भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।

यसअघि बंगलादेशले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाउदै २६५ रन बनाएको थियो ।

योसँगै एशिया कपको सुपर फोरका खेलहरु सकिएका छन् । भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलंकासँग आइतबार खेल्दै छ ।

त्यस्तै बंगलादेशले सुपर फोरमा सान्त्वना जित हासिल गरेर घर फर्किने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖