काठमाडौं । वाग्मती प्रदेश अधिवेशनको लागि दोलखामा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन् ।
पार्टीले तोकेको समय अगाडि नै दोलखामा सर्वसम्मत रूपमा अधिवेशन प्रतिनिधि छानिएका नेकपा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
चौलागाईंका अनुसार गौरीशंकर गाउँपालिका केन्द्रबाट उर्मिला थामी, जङ्ग गुरुङ, तीर्थबहादुर खड्का, महाराज गुरुङ, निमा लामा र शंखनिमा शेर्पा प्रतिनिधि चुनिनुभएको छ ।
जिरी नगर पालिकाबाट मित्रबहादुर जिरेल, लक्ष्मण गुभाजु, गोपाल जिरेल, टङ्कबहादुर जिरेल र मनमाया जिरेल प्रतिनिधि चुनिनुभएको छ । यसैगरी तामाकोशी गाउँपालिकाबाट ईश्वर चन्द्र पोखरेल, वसन्तराज कार्की, देवी शर्मा, सुन्दर कार्की र उर्मिला खड्का सर्वसम्मत प्रतिनिधि चुनिनुभएको छ ।
मेलुङ गाउँपालिकाबाट नरबहादुर श्रेष्ठ, धर्मेन्द्र मोक्तान, शिवहरि थापा, अम्बिका गोले, दान बहादुर तामाङ, नवराज खड्का, सविता आचार्य, सविता खरेल उप्रेती, र शोभा पोखरेल अधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । त्यस्तै शैलुङ गाउँपालिकाबाट गुणबहादुर बुढाथोकी, गणेश कार्की, भरतप्रसाद दुलाल, साङ्गलाल घिसिङ चुनिनुभएको छ ।
भीमेश्वर नगर पालिकाबाट भरतबहादुर केसी, भुवन केसी, राजेन्द्र मानन्धर, मुरारीराज सिवाकोटी, ज्ञानेन्द्र प्रधान, हरिवंश चौलागाईं, पूर्णिमा खरेल थापा, डा.जानुका न्यौपाने र मेनुका सुवेदी अधिवेशन प्रतिनिधि हुनुभएको छ ।
कालिञ्चोक गाउँपालिकाबाट डवल पाण्डे, बालकृष्ण सिवाकोटी, सन्तोष खड्का, कालिका पाठक, बिनकुमार थामी र होम पाठक चुनिनु भएको छ । त्यस्तै वैतेश्वर गाउँपालिकाबाट प्रेमकुमारी चौलागाईं, शान्ति कुमारी तामाङ, हर्कमान पाख्रिन, केशव चौलागाईं,श्याम उप्रेती र उमेश आचार्य छानिनु भएको छ । बिगु गाउँपालिकाबाट कृष्ण भुजेल, ठुला थामी, कुमार खड्का र शारदा राना शारदा राना प्रतिनिधि चुनिनु भएको छ ।
उत्पीडित समुदायबाट टेकबहादुर सुनार, सुन्दर लामिछाने, युवराज बिक, भीमसेन नेपाली, लोकबहादुर नेपाली, विशाल बिक, सुमन सोनाम, ईश्वर नेपाली, जानुका गहतराज र तारा नेपाली छानिनु भएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन असोज ८ र ९ गते काठमाडौंमा हुँदै छ । आज भदौ ३० गते भित्र प्रदेशका सबै पालिकाबाट प्रतिनिधि छनोट भइसक्नु पर्ने छ ।
