• Monday 5th of October 2026

भारतसँग फाइनल खेल्नुअघि श्रीलंकालाई झड्का


  • धनकुटा खबर
  • .

एजेन्सी – घरेलु टोली श्रीलंकालाई एसिया कपको फाइनल भारतसँग खेल्नुअघि झड्का लागेको छ । भारत र श्रीलंकाबीच आइतबार कोलोम्बोमा फाइनल खेल हुनेछ । श्रीलंकाका स्पिनर महेश थिक्सेनाले फाइनल खेल गुमाउने भएका छन् ।

थिक्सेना पाकिस्तानसँगको खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । उनको दायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेपछि फाइनल गुमाउने भएका छन् । श्रीलंकाका प्रमुख स्पिन अलराउन्डर वानिन्दु हसरंगा सुरुवात देखीनै टोलीमा थिएनन् । श्रीलंकाको प्रमुख हतियार नै दुई स्पिनर नहुँदा कमजोर हुने देखिन्छ ।

थिक्सेनाको स्थानमा श्रीलंकाले स्पिन अलराउन्डर सेहान अर्चाचिगेलाई टोलीमा बोलाएकोछ । उनले गत जुलाईमा जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका थिए । नेदरल्यान्ड्सविरुद्ध ७१ बलमा ४ चौकासहित ५७ रन बनाएका छन् । श्रीलंकाबाट दुई ओडिआई खेल मात्रै खेलेका छन् ।

श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो ।

उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलंका सर्वाधिक १२ र भारत १० पटक फाइनल खेलेका छन् । श्रीलंकाले ६ र भारतले ७ पटक एसिया कपको उपाधि जितेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖