• Monday 5th of October 2026

सुन चाँदीको भाउ आज पनि बढ्यो


  • धनकुटा खबर
  • .

काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ।

सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ ।

यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖