• Monday 5th of October 2026

भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह, ५० रनमै अल आउट


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ ।

काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए ।

यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖